काठमाण्डु, २५ भदौ – नेपाल टेलिभिजनले प्रेस युनियनको हालै पोखरामा सम्पन्न महाधिवेशनमा संस्थापन पक्षका उम्मेदवारलाई नसघाएको झुटो आरोप लगाउँदै दुई पत्रकारलाई जागिरबाट बर्खास्त गरेका छन् ।
नेपाल टेलिभिजनका रोल्पा संवाददाता राजेश बुढाथोकी र झापा संवाददाता भीम नेम्वाङलाई जागिरबाट हटाइएको प्रेस युनियनले जनाएको छ । उनीहरु दुवै प्रेस युनियनका महाधिवेशन प्रतिनिधि हुन् ।
महाधिवेशनको नाममा श्रमजिवी पत्रकारलाई कामबाट हटाउन नहुने र सो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने नवनिर्वाचित प्रेस युनियन सचिब सूर्यकुमार क्षेत्रीले दावी गरेका छन् ।
नेपाल टेलिभिजनका जिल्ला व्यूरो प्रमुख निराजन खनालले इमेलमार्फत आफूहरुलाई संस्थापन पक्षलाई असहयोग गरेको आरोप लगाई कामबाट निकालेको जानकारी गराएको निकालिएका पत्रकारहरुले बताएका छन् ।