काठमाण्डु, २५ भदौ – वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले आफ्नो रचनात्मक र सिर्जनशिल क्षमतालाई अर्काको झुटो कथा लेखेर समय खेर नफाल्न आग्रह गरेका छन् ।
बुधबार राजधानीमा वरिष्ठ पत्रकार तथा साहित्यकार किशोर नेपालद्धारा लेखिएको ‘कान्तिपुर गाथा’ कृतिको विमोचन समारोहमा प्रमुख वक्ताका रुपमा बोल्दै सङग्रौलाले यस्तो बताएका हुन् ।
पछिल्लो समय पैसाको तङ्गमा सुतेर हुर्किएकाहरुको कृतिप्रतिको मोहलाई पुरा गर्ने बहानामा झुटो इतिहासका पात्रहरुलाई सत्य साबित गरिदिन युवा लेखकहरु लागिपरेकोमा सङग्रौलाले दु:ख व्यक्त गरेका छन् ।
उनले कृतिकार सिमान्त लेखक भएको र उनले राजधानीको कथालाई कलात्मक ढङगबाट प्रस्तुत गरेको खुलासा गरेका छन् ।
कार्यक्रमा बोल्दै प्राध्यापक तथा साहित्यकार अभि सुवेदीले पनि ‘घोष्ट राइटर’ नबन्न आग्रह गरेका छन् ।
कृतिलाई लिपी बुक्सले बजारका ल्याएको हो ।