काठमाण्डु, २५ भदौ–संविधानसभाअन्तगर्थत क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिले सभासद्हरुलाई अंग्रेजी भाषा तालिम
दिने भएको छ ।
भाषा अभावमा विदेश जाँदा वा नेपालमै विदेशीसँग डिल गर्दा समस्या भएपछि सभासदलाई अंग्रेजी भाषा सिकाउन लागिएको संसद सचिवालयले जनाएको छ ।
समिति मातहतको तालिम, गोष्ठी, कार्यशाला र अन्तरक्रिया व्यवस्थापन उपसमितिले दसैंलगत्तै अंग्रजी भाषा तालिम सुरु गर्ने तयारी थालेको छ ।
तालिममा सभासदलाई लेख्न र बोल्न सिकाइने छ । भाषा अध्ययनका लागि सभासद्हरुलाई ल्यापटप र इन्टरनेट सुविधा दिने तयारी संसद सचिवालयको छ ।