रामचन्द्रले विद्या भण्डारीकै अगाडि गोप्य अंगतिर हात लगाएपछि………

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ७:५० मा प्रकाशित

काठमाण्डु, २५ भदौ– संविधानसभाका अन्तरवस्तुबारे छलफल गर्न जुट्दा एउटा पार्टीका शीर्षस्थ नेताले अश्लील हर्कत देखाएपछि नेपालका Ramchandra-Paudelनेताहरुको असली औकात छर्लंग भएको छ ।
शुक्रबार दिउँसो सिंहदरबारमा भएको घटना हो यो । खै ! प्राज्ञ र विज्ञहरुसँग पर्याप्त छलफल भएको ? खै तिनको सुझाव बटुलेको ? कसैले यस्तो कुरा कोट्याउन नपाउँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बसेकै सिटबाट बुद्धिजिवीमाथि आक्रामण टिप्पणी गरेका हुन् ।

को छ यहाँ बुद्धिजवी ? ई त्यस्ता बुद्धिजिवी ।’ त्यसो भन्दा दुवै हात आफ्नो गोप्य अंगतिर लगेका थिए । नजिकै रहेकी एमाले उपाध्यक्ष विद्या भण्डारीले अप्ठ्यारो मान्दै भनिन्, ‘आजका मितिसम्म तपाईंबारे मेरो धारणा बेग्लै थियो । प्रधानमन्त्रीको चुनावमा १७ चोटिसम्म हारेकाले अवसर दिउँ न त एकचोटि भन्ने लागेको थियो । आजबाट सारा भ्रम टुट्यो ।’
रामचन्द्रले लाजै नमानी जवाफ फर्काए, ‘अब के गर्नु त मैले ? भ्रम टुटे टुटोस् मैले त किशुनजी (कृष्णप्रसाद भट्टराई) ले एकताका भनेको कुरा यहाँ राखिदिएको मात्र हुँ ।’

सोही क्रममा एमालेका अर्का एक नेताले भदौ २१ गतेको क्यालेण्डर मिलाउन बाबुराम भट्टराई नेतृत्वको समितिको सक्रियतालाई ‘जब भयो राति तब बूढी ताती’ को संज्ञा दिएपछि छेऊमा बसेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको टिप्पणी थियो, ‘यी बूढाहरु किन मात्तिएका होलान् ।’
जनआस्था साप्ताकिहबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us