कोइराला र देउवाको भागबण्डाले पार्टीको भविष्य नै खतरामा: कोइराला

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ४:०४ मा प्रकाशित

बागलुङ, २५ भदौ – नेपाली कांग्रेस नेता शेखर कोइरालाले सभापति कोइराला र नेता शेरबहादुर देउवाको भागबण्डाको राजनीतिले कार्यकर्ताको सम्मान गुमेको बताएका छन् ।

Shekhar-Koirlaपार्टीमा सुशील कोइरालाको ६० र देउवाको ४० प्रतिशत भागबण्डामा टिके राजनीतिको संस्कार तोड्ने जिम्मा अब कार्यकर्तामा आएको उनले बताए ।

नेपाली कांग्रेस बाग्लुङले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले कार्यकर्ताले नेतालाई सबक सिकाउन आगामी महाधिवेशनमा भागबण्डा प्रवृत्ति तोड्नुपर्नेमा जोड दिए ।

कोइरालाले नेपालका लागि संसदीय प्रणाली उत्कृष्ट रहेको तर माओवादीले त्यसलाई मास्न खोजेको आरोप लगाए ।

भेलामा कांग्रेसका बाग्लुङ जिल्ला सभापति प्रकाश पौडेल,सभासद हरि खड्का,कार्यवाहक सभापती जगदिश चन्द्रउपाध्याय, मणिभद्र शर्मा, हरिप्रसाद श्रेष्ठ, महेन्द्र कडेल, चिरन्जीवी गौतम लगायतले भागबण्डा अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us