
एजेन्सी– पश्चिम एसियाको अवस्था झन् झन् बिग्रँदै गइरहेको बेला विश्व शक्ति राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने किन गर्ने भनेर निर्णय लिने प्रतिक्रिया दिएका छन । इजरायल र इरानबिच सैन्य झडप निरन्तर बढ्दै जाँदा तनाव चर्किएको छ ।
बिहीबार इरानले दक्षिणी इजरायलको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेपनि स्थिति झनै बिग्रिएको छ । अब अयातोल्लाह खामेनी बाँच्दैनन् भनेर इजरायलले इरानलाई खुलेआम धम्की दिएको छ ।
यस बेला राष्ट्रपति ट्रम्पले दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने किन गर्ने भनेर निर्णय लिने प्रतिक्रिया दिएको ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले जानकारी दिएका छन ।
‘इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्ने निर्णय ट्रम्पले अर्को दुई हप्ता भित्र गर्नेछन् ।’ ह्वाइट हाउसले बिहीबार भनेको थियो । निकट भविष्यमा वार्ता हुने नहुने दुबैको प्रशस्त सम्भावना ट्रम्पले देखेका छन् ।
कयौँ दिनदेखि ट्रम्पले अमेरिकी सेनालाई इरानी परमाणु केन्द्रहरूमा आक्रमणको आदेश दिने सम्भावनाबारे सोचविचार गरेका थिए । यस क्रममा वार्ताको लागि धेरै ढिलो भइनसकेकोमा पनि उनले जोड दिएका थिए ।
इजरायलले इरानमाथि आक्रमण शुरुगरेपछि गएको शुक्रबार इरान अमेरिकी अधिकारीहरूसँगको परमाणु वार्ताबाट बाहिरिएको थियो ।