जनमैत्री अस्पतालको पैसा जनार्दनको घरमा ?

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ४:०६ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाओवादी सभासद जनार्दन शर्माले जनमैत्री janardan sharmaअस्पतालको पैसा आफ्नो घरमा जम्मा गर्न लगाउने गरेको र संसदमा भन्दा बढी समय अस्पतालमा बिताउने गरेका छन् ।

केही दिनअघि नोबेल समूहलाई जनमैत्री अस्पतालबाट एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरले लात हानेका छन् । नयाँ व्यवस्थापनले चित्तबुझ्दो ढंगले अस्पताल चलाउन नसकेको र झनै भद्रगोल हुन पुगेको आरोप लगाउँदै नाबेल समूहबाट ब्यवस्थापनको तालाचाबी प्रभाकर आफैंले लिएका हुन् । तर, सूत्रका अनुसार पछिल्लो समय व्यवस्थापनमा उल्लेख्य सुधार हुँदै आइरहेको थियो ।

एकजना केपी शर्मालाई हटाए पनि केपी शर्मा नाम गरेकै अर्का व्यक्तिलाई अहिले प्रभाकरले प्रबन्ध निर्देशकमा नियुक्त गरेका छन् । प्रभाकरले नियुक्त गरेका शर्मा चाँही एमाओवादीकै कार्यकर्ता हुन् । यसअघि उनी नलसिंहगाड जलविद्युत आयोजनाका प्रमुख थिए ।
नोबेल समूहलाई हटाएपछि अहिले प्रभाकर आफैं अस्पतालमा बस्न थालेका छन् । सार्वजनिक लेखा समितिका सभापति भएका प्रभाकर अचेल संसद् भवनतिरभन्दा जनमैत्री अस्पतालमा नै बढी समय भेटिन्छन् ।

नोबेल समूहले व्यवस्थापनको जिम्मा लिनुअघि पनि उनले नै अस्पतालमा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्ने गर्दथे । एमाओवादीका वरिष्ठ नेताहरुसमक्ष प्रभाकरले अस्पतालको रकम जथाभावी चलाएको कुरा पनि पुगेको थियो । उनले काउन्टरमा जम्मा गरिएको रकम आफ्नो घरमा ल्याउन लगाउने गरेको आरोप लगाइएको थियो ।

दैनिक रुपमा आम्दानी भएको रकम नै उनको घरमा पुर्‍याउन थालिएपछि कर्मचारीहरुले समयमै तलब पाउन नसकेपछि उनीविरुद्ध एमाओवादीका शीर्ष नेताहरुसमक्ष कुरा पुगेको बताइन्छ ।
साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us