काँग्रेस–एमालेको घमण्डले मुलुक संकटमा: थापा

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ३:४९ मा प्रकाशित

पोखरा, २५ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने आफूहरुको माग सम्बोधन नभए संघर्षमा जाने चेतावनी Kamalthapaदिएका छन् ।
राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले बुधबार पोखरामा गरेको  पश्चिमाञ्चलस्तरीय क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले सडक र सदनमार्फत पार्टीका एजेण्डा सशक्त रुपमा उठाउने बताए ।
माग पूरा नभए आगामी पुसदेखि देशव्यापी संघर्ष सञ्चालन गर्ने चेतावनी उनले दिए । थापाले उनले काँग्रेस–एमालेले ठूलो पार्टी भइयो भनेर घमण्ड गरेका कारण मुलुक थप संकटको दिशामा धकेलिएको आरोप लगाए ।

निर्वाचनबाट साइज घटेपछि एकीकृत माओवादी मोर्चाबन्दीमा लागेको आरोप थापाको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us