दसैंमा गाडी भाडा नबढ्ने, आजबाट टिकट बुकिङ खुला

काठमाण्डु टुडे २०७१ भदौ २५ गते ३:३९ मा प्रकाशित

काठमाण्डु, २५ भदौ–  दसैंका लागि राजधानी बाहिरिने यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।
ticket bukingसरकार र व्यवसायीबीचको पूर्वसहमतिअनुसार आजबाट टिकट बुकिङ खुलेको हो ।  केही व्यवसायीले तोकिएको समय अगावै टिकट बिक्री गरेको पाइएपछि यातायता व्यवस्था भिवागले ती व्यवसायीमाथि कारबाही प्रक्रिया थालेको छ ।

यसैबीच सरकारले टिकट बिक्री सहज बनाउन व्यवसायीलाई निर्देशन दिएको छ ।  सरकारले चाडपर्वका बेला गाडी भाडा नबढाउन पनि भनेको छ । यातायात व्यवस्था कार्यालयले व्यवसायीको दबाबमा केही समयअघि मात्र गाडी भाडा बढाउन सहमति दिएको थियो ।

यस्तै सरकारले सुरिक्षत यात्राको व्यवस्था मिलाउन तथा अनुगमन गर्न पनि सम्वद्ध पक्षलाई निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us