रामचन्द्रले फर्काए सुशीललाई यस्तो जवाफ

काठमाण्डु टुडे २०७१ भदौ २४ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाले आफूमाथि लगाएको गुटबन्दीको sushil-ramchandraआरोपको खण्डन गरेका छन् ।
पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत मंगलबार कोइरालालाई जवाफ फर्काएका हुन् । ट्वीटमा पार्टीमा गुटबन्दी र भागवण्डाको राजनीति अन्त्यका लागि बीपी विचार यात्रा गरेको उनको भनाइ छ ।

सोमबार बसेको संसदीय दल बैठकमा कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेल आफूविरुद्ध गुटबन्दीमा लागेको भन्दै आक्रोश पोखेका थिए ।

पौडेलले ट्वटमा लेखेका छन्, ‘बीपीको विचार कांग्रेसले नबिर्सियोस्, गुटबन्दी र भागबन्डाको राजनीतिमा नअलमलियोस् भनेर वीपी विचार यात्रा सुरु गरिएको हो ।’
पदयात्राबारे आफूलाई थाहै नभएको भन्दै कोइराला पौडेलविरुद्ध खनिएका थिए । अचम्मको कुरा त के छ भने पौडेलले ट्वीटरमार्फत फर्काएको जवाफ कोइरालाले भने थाहा पाउने छैनन् । कनकी उनी ट्वीटर चलाउँदैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us