मोहन वैद्य सुशील कोइरालाका मिल्ने साथी !

काठमाण्डु टुडे २०७१ भदौ २४ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २४ भदौ- प्रधानमन्त्री सुशील कोइरालाले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य आफ्नो नजिकको मित्र भएको बताएका छन् ।

sushil-mohan baidhya
नेपाली काँग्रेसले सञ्चालन गरेको एक महिने बीपी विचार यात्राको मंगलबार काठमाण्डुको सुन्दरीजलमा समापन गर्दै कोइरालाले वैद्यसँग आफू निरन्तर सम्पर्क र सौहार्दपूर्ण वातावरणमा संवाद भइरहेको बताए ।

डडेल्धुरामा रहेका वैद्यसँग मंगलबार मात्र आफ्नो टेलिफोनमा कुराकानी भएको उल्लेख गरे । कोइरालाले सहमतिका लागि छिट्टै काठमाण्डु फर्कन आग्रह गरेको पनि जानकारी दिए ।

वैद्य समेतको सहभागितामा पूर्वनिर्धारित समय माघ ८ मै संविधान जारी हुने उनको भनाइ थियो । ‘मोहन वैद्यजी मेरो नजिकको मित्र हुनुहुहुन्छ’, कोइरालाले भने, ‘हामी निरन्तर संवादमा छौं, माघ ८ गते संविधान जारी गर्नेबारे कुरा भइरहेको छ ।’

उनले सबैको सहमतिमा संविधान जारी हुनेमा आशंका नगर्न आग्रह गरे । कसैलाई तल पारेर संविधान जारी गर्ने सोच आफ्नो नरहेको कोइरालाले प्रष्ट्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us