काठमाण्डु, २४ भदौ– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेपाली सञ्चार माध्यमले दबिएकाहरुको आवाजलाई समेट्न नसेकेको आरोप
लगाएका छन् ।
पार्टी मुखपत्र ‘संघीय समाचार’ साप्ताहिकको बुधबार राजधानीमा सुभारम्भ गर्दै राईले लोकतन्त्र बहालीपछि नेपालमा सञ्चार क्षेत्र फले–फूले पनि दबेका आवाज समेट्न नसकेको भन्दै सञ्चार क्षेत्रप्रति आक्रोश पोखे ।
‘विगतलाई हेर्दा नेपाली सञ्चार क्षेत्र आफू–फलेफूलेको देखिन्छ’, राईले भने, ‘तर उनीहरुले दबाइएका आवाज व्यक्त गर्न सकेका छैनन् ।’ ठूला सञ्चार गृह एउटै क्षेत्र र वर्गको वरिपरि घुमिरहेका बेला संघीय समाचार पत्रिका प्रकाशन हुनु सुखद संकेत भएको राईले बताए ।
उनले पत्रिकालाई सबै क्षेत्र र वर्गको प्रतिनिधित्व गर्न सुझाव दिए । अग्रगामी संचार सहकारी प्रा।लि।का अध्यक्ष तथा संघीय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले मिडियाको विकास भएपनि सबै वर्गको भावना अभिव्यक्त नभएकाले संघीय समाचार पत्रिका प्रकाशन गरिएको बताए ।