एकल महिलालाई जवर्जस्ती ज्वाईंसँग विवाह गराइदिने ६ पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– चितवनमा एक एकल महिलालाई जवर्जस्ती विवाह गराइदिएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रविता गोले, बुद्धिमाया विक, सरस्वती ब्लोन, वीरबहादुर सिंतान, पदमबहादुर तामाङ र ऋषिराम मरहट्ठा छन् । इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारीअनुसार उनीहरुले पदमपुर–८ दुईसय विगाहकी एक महिलालाई जबर्जस्ती विवाह गराइदिएका थिए ।

पाहुनाका लाग्न आएका भदैनी ज्वार्इंसँग अनैतिक कार्य गरेको आरोपमा स्थानीयले ती महिलालाई जबर्जस्ती बिहे गराइदिएका दिए ।

प्रहरीका अनुसार उनीहरुले विवाह गरेको कागज बनाएर हस्ताक्षरसमेत गराएका छन् । घटनामा किटानी जाहेरी परेका १७ जनामध्ये अन्य फरार छन् । उनीहरुको खोजीकार्य जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us