वैद्यको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न माग

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– नेकपा–माओवादीका सचिव देव गुरुङले प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघीइ महासभामा भाग लिन गए पनि Dev-Gurungदलहरुवीच सहमति भए अनुसारको राष्ट्रिय राजनीतिक सम्मेलन गर्न सकिने बताएका छन् ।
रिपोर्टर्स क्लबमा बुधबार भएको साक्षात्कारमा उनले प्रधानमन्त्री अमेरिका जानु अघिल्लो दिन असोज २ गते प्रधानमन्त्रीसहित पहिलो चरणको प्रारम्भिक सम्मेलन गर्न सकिने बताए । ‘प्रधानमन्त्री हुँदा राम्रो हुन्छ’, गुरुङले भने, ‘उहाँ हुँदा सहज हुन्छ, तर  उहाँ नहुँदा पनि फरक पर्दैन ।’
गुरुङले चार दलले चार वर्षसम्म टुङग्याउन नसकेको संविधानका अन्र्तवस्तुमा तत्कालै सहमति जुटाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्दै छलफलले लामो समय लिन सक्ने बताए । ‘चार दल छलफलको नाममा झारो टार्ने काम गर्न खोज्दैछन, त्यसरी हतारमा काम हुन सक्दैन । यसलाई हल्काफुल्का रुपमा नलिऔ, सहमतिको दस्तावेज बनाऔ । एक दुई दिनमै यो सम्मेलन सकिदैन । छलफल गर्दै जाादा यसले दुई तीन महिनापनि लिन सक्छ’, उनले भने ।
राष्ट्रिय राजनीतिक सम्मेलनको समय निश्चित गर्न नहुने भन्दै गुरुङले सम्मेलनमा संविधानसभा भित्र र बाहिरका दलरुको कुरा सुन्नु पर्ने भएकोले मोडालिटीको विषयमा आफूरुको कुनै अडान नभको र चार दल बसेर टुङग्याउन सकिने स्पष्ट पारे ।
संविधान साझा दस्तावेज हुने भएकोले मुलभुत विषयहरुमा आफूहरु ‘ गिभ एण्ड टेक ’ गरेर सहमति कायम गर्न तयार रहेको स्पष्ट पार्दै उनले संविधान सहमति र शक्ति सन्तुलनको दस्तावेज हुने भएकोले सबैको भावना समेटेर निर्माण गर्नुपर्ने बताए । गुरुङले
सम्मेलनमा संविधानका अन्र्तवस्तुमा मात्र छलफल हुने भएकाले बाँकी रहेका शान्ति प्रक्रिया र राष्ट्रिय महत्वका सन्धि सम्झौताका विषयलाई छलफल गर्न चार दलको संयन्त्र बनाउनु पर्ने धारणा राखे । गुरुङले भने, ‘पहिला हामी यो संयन्त्रको विरोधमा थियौ तर सम्मेलनमा संविधान निर्माणका विषयमा मात्र छलफल गर्ने सहमति भएकोले उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता महसुस गरिएको हो । संविधानसभा बाहिर रहेको शक्तिलाई संयोजक बनाएर संयन्त्र गठन गरे सहमति गर्न सहज हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us