उच्चस्तरीय समिति गठन गर्न सकिन्छ: सुजाता

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ७:३३ मा प्रकाशित

 विराटनगर, २४ भदौ– काँग्रेस नेतृ सुजता कोइरालाले विपक्षीको मागअनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सकिने बताएकी छन् ।

Sujata-Koirala
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बन्ने सुनिश्चित भए समिति बनाउँदा फरक नपर्ने बताइन ।

सबै दलको लक्ष्य संविधानसभाबाट संविधान जारी गर्ने हुनुपर्ने उनको भनाइ थियो । ‘दलहरु संविधान निर्माणमा दृढ भएर विवादित विषय लचकता अपनाएर मिलाउन तयार हुन्छन् भने उच्चस्तरीय राजनीतिक समिति बनाउन सकिन्छ’, कोइरालाले भनिन ।

अर्को एक फरक प्रसंगमा कोइरालाले पार्टी नेतृत्व हस्तान्तरण गर्न हतार नभएको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us