काठमाण्डु, २४ भदौ– कतारमा बन्धक बनाइएका नेपाली मुलका दुई अधिकारकर्मी रिहा भएका छन् ।
बेलायतको एक मानवअधिकारवादी संस्थामा कार्यरत नेपाली मूलका कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई कतार प्रहरीले गत साता दोहाबाट पक्राउ गरेको थियो ।
कतारमा रहेका नेपाली मजदुरहरुको अवस्थाबारे वृत्तचित्र बनाउन गएका उनीहरुले नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरी बेपत्ता पारिएको थियो ।
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तयारीका लागि कार्यरत नेपाली मजदुरको अवस्था अत्यन्तै खराब रहेको समाचारहरु आइरहेका छन् ।