काठमाण्डु, २४ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीभित्र एक नेतामाथि गरएको कारबाहीको विषयलाई लिएर विवाद चर्किएको छ ।

केन्द्रीय सदस्इ अनिल शर्मा ‘विरही’लाई पार्टी अनुशासनवपरीत कार्य गरेको आरोपमा संस्थापनले अनिश्चितकालका लागि निलम्बन गरेपछि विवाद बढेको हो ।
शर्मामाथिको कारबाही गलत भएको भन्दै सचिव नेत्रविक्रम चन्दले कारबाही फिर्ताको माग गरेका छन् । महासचिव रामबहादुर थापा ‘बादल’ ले नेतृत्वविरुद्ध अनर्लग र भ्रमपूर्ण प्रचार गरेको भन्दै सोमबार विज्ञिप्तमार्फत शर्मालाई निलम्बन गरिएको बताएका थिए ।
स्रोतका अनुसार एकीकृत माओवादीको चितवनको भरतपुरस्थित जिल्ला कार्यालय बिक्री गर्न लागिएको भन्दै एमाओवादीका एक जिल्ला सदस्यसँगै संयुक्त विज्ञप्ति जारी गरेकामा शर्मामाथि कारबाही भएको हो ।
दुवै पार्टीको संस्थापन पक्ष मिलेर कार्यालय बिक्री गरी रकम बाँडफाँड गर्न लागिएको आरोप शर्माले लगाएका थिए । विप्लवले महासचिव थापाको विज्ञप्ति व्यक्तिगत भएको टिप्पणी गरेका छन् ।
‘अनिल शर्मामाथिको कारबाही कुनै कमिटीले गरेको निर्णय होइन’, विप्लव पक्षधर एक केन्द्रीय सदस्यले काठमाण्डु टुडेसँग भने, ‘महासचिवले एकतर्फी रुपमा विज्ञप्ति जारी गरेकाले कारबाही फिर्ता हुनुपर्छ ।’
उनका अनुसार अध्यक्ष मोहन वैद्यलाई समेत विप्लवले शर्मामाथिको कारबाही फिर्ता नभए राम्रो नहुने चेतावनी दिएका छन् ।