पोखरा, २४ भदौ– नेपाली काँग्रेस सम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका छन् ।
युनियनको पोखरामा सोमबार सम्पन्न आठौँ महाधिवेशनबाट प्रतिद्वन्द्वी शिव लम्साललाई २ सय मतले पछि पार्दै सिग्देल विजयी भएका हुन् । सिग्देल वरिष्ठ नेता शेरबहादुर देउवा र लम्साल संस्थापन निकट मानिन्छन् ।
गएराति अबेर सम्पन्न मतगणनाअनुसार सिग्देलले ६४२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी शिव लम्सालले ४४४ मत प्राप्त गरे । अर्का प्रत्यासी भुवन भट्टले ६९ मत प्राप्त ल्याए ।
यस्तै युनियनको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य तथा खुल्ला उपाध्यक्षमा ईश्वरी ओझा, रमेश पौडेल महिला उपाध्यक्षमा बाला अधिकारी र समावेशी उपाध्यक्षमा विजयसन्तोषी राई निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा अजयबाबु सिवाकोटी तथा उपमहासचिवमा प्रेम केसी, भीष्मराज ओझा र महिला उपमहासचिवमा सलोजा दाहाल चुनिएका छन् ।
सचिवतर्फ खुल्लामा सूर्यकुमार क्षेत्री र खिला कार्की, महिला सचिवमा दीपा आले तथा समावेशी सचिवमा केबी राना विजयी भए । यस्तै सरोज अधिकारी कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
क्षेत्रीय संयोजकमा पूर्वाञ्चलमा लीलावल्लभ घिमिरे, मध्यमाञ्चलमा राममणि दाहाल पश्चिमाञ्चलमा प्रदीप काफ्ले, मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा, सुदूरपश्चिमाञ्चलमा लालबहादुर ऐरी र बागमतीमा रमेश खतिवडा निर्वाचित भएका छन ।
यस्तै खुल्ला केन्द्रीय सदस्यमा राजाराम कार्की, वसन्त पराजुली, माधव धिताल, दिलीप पौडेल, ऋषिकान्त पौडेल, भुवन शर्मा, युवराज रेग्मी, जयसिंह केसी, शिवराज योगी, रमेश वाग्ले, युवराज गौतम, सुलोचना गौतम, कल्पना शर्मा र प्रकाश अधिकारी छन् ।
समावेशी केन्द्रीय सदस्य दलिततर्फ हीरालाल विश्वकर्मा, टेकबहादुर सार्की, मधेसीमा विजय कुशवाह रामबाबु यादव र अवधेश झा, आदिवासी जनजातिमा सुरेशकुमार श्रेष्ठ, चन्द्रकला राई र पवन श्रेष्ठ महिलामा सृजना अर्याल, सुरक्षा रेग्मी र दिलीपाश्री अधिकारी, अपाङ्गमा माधवप्रसाद चौलागार्इं ९निर्विरोध०, अल्पसङ्ख्यक लीलाबहादुर सुनार, पिछडिएको क्षेत्र दयाराम पण्डित ९निर्विरोध० र प्रतिष्ठानमा ठाकुर बेल्वासे विजयी भए ।
अञ्चल संयोजकमा मेची गोविन्दचन्द्र क्षेत्री, कोसी उद्धव तिमिल्सना, सगरमाथा नवीन राई, जनकपुर रोशन न्यौपाने, बागमती मुरारी अधिकारी, नारायणी सञ्जय कार्की, लुम्बिनी माधव अर्याल गण्डकी टङ्क अधिकारी, धौलागिरि ज्ञानेन्द्र गौतम, राप्ती केपी घिमिरे, भेरी राजेन्द्रबहादुर कार्की कर्णाली खेगन्द्र भट्टराई, सेती जगत सावन्त, महाकाली हरिश भट्ट र उपत्यका निरज खतिवडा विजयी भए ।