अञ्जु पन्तले यसरी उडाइन् हिन्दू धर्मकाे खिल्ली

काठमाण्डु टुडे २०७१ भदौ २३ गते १०:२८ मा प्रकाशित

काठमाण्डु, २३ भदौ – चर्चित गायिका अञ्जु पन्तले हिन्दू धर्मको खिल्ली उडाएको भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा पन्तले क्रिश्चियनको कार्यक्रममा हिन्दूवादी शब्द भएको गीत नगाउने घोषणा गरेकी छिन् ।

anju-panta 5गत साता पन्तले हिन्दूवादी शब्द भएको दशैं गीत गाउन नमानेको खबर सञ्चारमाध्यममा आएपछि चर्को आलोचना थेग्न नसकेर रुँदै खण्डन गरेकी थिइन् । सबै धर्मको सम्मान गर्छु भन्दै समाजिक सञ्जालमा हस्तलिखित पत्र नै पोष्ट गर्न बाध्य भइन् ।

सो भिडियोमा उनले मैले प्रभुलाई नजिकबाट चिनिसकेको मान्छेले अरु भजन गाउन मिल्दैन भनेको सगर्व घोषणा गरेकी छन् । भारतबाट आएको एउटा टोलीले प्रस्ताव गरेको गीतबारे उनले भनेकी छन् – ‘यसो शब्द हेर्छु मेरे साइ, मेरे अल्लाह, शिवजी यस्तै – यस्तै थियो । म एकदमै खङग्रङ भएँ ।’

परमेश्वरलाई मैले चिनिसकेपछि अब त्यो ठाउँमा अरुलाई राख्न नसक्ने भन्दै उनले गीत गाउन नमानेको बताएकी छन् । ‘मैले भनेँ तपाईलाई भगवानको अर्थ पनि थाहा छैन होला । माइण्ड नगर्नुहोला भनेर मैले भनेँ’ उनले हाँस्दै भनेकी छन् ।

कुराकानीका क्रममा प्रस्तावकले गीतको शब्दमा प्रभुको नाम पनि छ भन्दै देखाएको र गाउन आग्रह गरेको उनले बताइन् । रचनाकारको किड्नी फेल छ, उहाँका लागि गाइदिनुस्, सबै धर्म एउटै हो भन्दै प्रस्ताव गरेको सुनाउँदै भिडियोमा अञ्जुले भनेकी छन्- सबै धर्म एउटै होइन, तपाईले बुझ्नुहोला यो कुरा ।’

त्यसपछि आफूले प्रस्तावित गीतमा रहेका शब्दहरुमा मेरे इश्वर, मेरे प्रभु परमेश्वर जस्ता शब्द राख्न लगाएको भन्दै अन्जुले बेलिस्तार लगाएकी छन् । उनले सगर्व भनेकी छन् – ‘दुई वटा अन्तरापछि अल्लाह आयो । मलाई फेरि ढुकढुक भयो । रेकडिङमा गएपछि अल्लाहको ठाउँमा मेरे मसिह गाएँ ।’

करिव एक वर्ष पहिलेको उनले दिएको मन्तव्यबारे प्रतिक्रिया बुझ्न खोज्दा फोन उठाइनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us