अरिंगाल पोल्ने क्रममा दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ४:२२ मा प्रकाशित

सल्यान, २३ भदौ– सल्यानमा अरिंगालको गोलो पोल्ने क्रममा गएराति दुई जनाको मृत्यु भएको छ ।
एकजनाको अरिंगालको टोकाइबाट र एकजनाको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । अरिंगाल पोल्ने क्रममा खाजरीपिलप गाविस–८ सुनैलीबजारका का ३९ वर्षीय मानबहादुर राना र देवस्थल–९ का २५ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको हो ।

रानाको अरिंगालले टोकेर र रानाको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रानाको घटनास्थलमै र घाइते पुनको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us