उपचारका लागि अमेरिका जान राष्ट्रपतिसँग बिदा मागे सुशीलले

काठमाण्डु टुडे २०७१ भदौ २३ गते २:४२ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवलाई भेटेका छन् ।
SUSHIL_RAMBARANआइतबार साँझ शीतलनिवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणमा भएको प्रगतिबारे राष्ट्रपतिलाई अवगत गराएका थिए ।

भेटमा राष्ट्रपति यादवले आफ्नो स्वास्थ्य अवस्थाबारे गम्भीर चासो राखेको भेटपछि कोइरालाले सञ्चारकर्मीलाई बताए । जवाफमा आफू अहिले ठीक भएको र थप स्वास्थ्य परीक्षणका लागि अमेरिका जान लागेको जानकारी राष्ट्रपतिलाई गराएको उनले जनाए ।

प्रधानमन्त्री सुशील कोइराला फ्लोअप स्वास्थ्थ परीक्षणका लागि आगामी असोज ५ गते अमेरिका जाँदैछन् । कोइरालाले असोज १० मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने भएकाले ५ गतेका लागि चिकित्सकसँग समय मिलाइएको उनको निजी सचिवालयले जनाएको छ ।

यसअघि कोइरालाले न्यूर्योकसिथत मेमोरियद सेलोन केटरिङ क्यान्सर सेन्टरबाट डिस्जार्ज हुदाँ असोज ५ गतेका लागि फ्लो अपको समय लिएर आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us