फुटबल खेल्दा मुख्यसचिव पौडेल घाइते

काठमाण्डु टुडे २०७१ भदौ २३ गते २:०५ मा प्रकाशित

काठमाण्डु, भदौ २३–निजामती सेवा दिवसका अवसरमा फुटबल खेल्ने क्रममा सरकारका मुख्यसचिव लीलामणि पौड्याल घाइते भएका छन् ।

lilamani_poudel
दशरथ रंगशालामा मुख्यसचिव ११ र ट्रेड यूनियन ११ बीच शुक्रबार भएको मैत्रीपूर्ण फुटबलअन्तर्गत पौड्याल भाइते भएका हुन् । उनको देब्रे आँखामा चोट लागेको छ । चोटका कारण उनी आइतबारको निजामती सेवा दिवसको कार्यक्रममा सहभागी हुन सकेनन् ।
खेलमा हाफटाइमपछि मैदान प्रवेश गरेका पौड्याल खेलको अन्त्यतिर घाइते भएका हुन् । सामान्य प्रशासन मन्त्रालयमा सहसचिव सुरेश अधिकारीका अनुसार रफ्तारमा रहेको बलले पौड्यालको आँखामा लागेको थियो ।

‘मुख्यसचिव पौड्यालले हावामा आएको बललाई हेड गरेर गोल गर्न खोज्दा एक्कासी बल उहाँको आँखामा लाग्यो । र उहाँ त्यही ढल्नुभयो ।’ पौड्याललाई तत्काल त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा लगिएको थियो । उनको आँखामा ब्यान्डेज लगाइएको छ । चिकित्सकले उनलाई केही दिन आराम गर्न भनेका छन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us