फेसबुकबाट ६ हजार कमाउन खोज्दा ५ वर्ष जेल

काठमाण्डु टुडे २०७१ भदौ २३ गते १:४७ मा प्रकाशित

काठमाण्डु, २३ भदौ –फेसबुकमार्फत केटी साथीको फोटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा माग्ने युवक पक्राउ परेका छन् ।

facebook
कीर्तिपुर बस्ने वर्ष २२ का राजेश पौडेललाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै एक केटी साथीको फोटो मोवाइलमा खिचेर उनले त्यसमा अश्लील फोटो जोडेर सार्वजनिक गर्ने भन्दै धम्की दिँदै आएका थिए ।

‘६ हजार दिए सार्वजनिक नगर्ने’ भन्दै ब्ल्याकमेलिङ गर्न थालेपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । पौडेललाई आइतबार पक्राउ गरिएको हो ।

पौडेललाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिने महानगरीय प्रहरी अपराध महाशाखाका एसपी भुपाल भण्डारीले बताए । विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us