काठमाण्डु, २२ भदौ– काठमाण्डुको बालाजुमा करेन्ट लागेर आइतबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ घर भई हाल बालाजु बस्दै आएका गंगाप्रसाद दुलाल रहेको प्रहरीले जनाएको छ ।
घरको छतमा जमेको पानी फाल्न गएका बेला उनलाई करेन्ट लागेको थियो । हाइटेन्सन लाइन मुनी घर भएकाले हाइभोल्टेजका कारण करेन्ट लागेको प्रहरीले जनाएको छ ।