कान्तिपुरको मजदुर आन्दोलन जायज: सञ्चार संगठन

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १०:१४ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– पत्रकारितासँग सम्वद्ध विभिन्न संघसंस्थाले कान्तिपुर पब्लिकेसनमा जारी मदजुर आन्दोलनबारे गम्भीर हुन kantipurव्यवस्थापनलाई अग्रह गरेका छन् ।
रिपोटर्स क्लबले सोमबार राजधानीमा गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंंघका प्रतिनिधिले मजदुर आन्दोलनको समर्थन गरे ।

तर पत्रिका प्रकाशन तथा वितरणमा अवरोध सिर्जना गरिएकामा भने सबैले आपत्ति जनाए ।  श्रमजीवी पत्रकार र मजदुरका माग जायज हुँदाहुँदै प्रकाशन तथा वितरणमा अवरोध पुर्या उनु गलत भएको उनीहरुको भनाइ थियो ।

पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले कान्तिपुर दैनिकमा श्रमिकका मुद्दा जायज भए पनि माग प्रस्तुत गर्ने शैली गलत भएको टिप्पणी गरे । सर्वपक्षीय छलफल र संवादका माध्यमबाट माग सम्बोधन गर्न सकिने हुँदा ती मुद्दालाई बढी उत्तेजित बनाउन नहुने उनको भनाइ थियो ।

क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारले आफ्ना जायज माग राख्दा सूचनाको हक हनन् भयो भन्नु गलत भएको बताए । तर माग राख्ने तरिका भने नभएको टिप्पणी उनले गरे ।

प्रेस चौतारीका महासचिव माधव नेपालले सञ्चार माध्यमले न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयन गर्न नसकेको अवस्थामा अधिकारका लागि कान्तिपुर पब्लिकेसनमा गरिएको आन्दोलन जायज भएको बताए ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष मुरारीकुमार शर्माले श्रमजीवी पत्रकारका अधिकारका लागि लड्ने संघ/संगठनमै राजनीतिकरण भएको आरोप लगाए । क्रान्तिकारी पत्रकार महासङ्घका उपाध्यक्ष दीपक मैनालीले हरेक मिडियामा कार्यरत श्रमजीवी पत्रकारले आफ्नो श्रमको मूल्य पाउनुपर्ने माग गरे ।

नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर सङ्घ मूल एकाइ कमिटीले पाँच दिनदेखि विभिन्न माग राखेर कान्तिपुर’ र ‘दि काठमान्डु पोस्ट’को प्रकाशन वितरणमा अवरोध पुर्यातउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us