काठमाण्डु, ८ भदौ– नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्दका कान्छा छोरा नरेन्द्र र उनका दाजु जयन्द्रकी छोरी मञ्जुलाई शनिबार चावहिलस्थित डेरामा विष सेवन गरेर छट्पटिइरहेको अवस्थामा छिमेकीले उद्धार गरेर अस्पताल पुर्याए ।
विप्लवका परिवारले सुरुमा मास्क लगाएर आएका तीन जनाले जवर्जजस्ती विष खुवाएर भागेको दाबी गर्यो ।
उनीहरुको ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अचेत अवस्थामा रहेका उनीहरु होसमा आइसकेका छन् । प्रहरीले विप्लवको डेराबाट उनका छोराले लेखेको सुसाइड नोट फेला पारेको छ ।
यस्तो छ सुसाइड नोट
हामीले सुसाइट गरेका होइनौं । हाम्रो चाहनाअनुसार गरेका हौं । वी आर भेरी सरी ल । दादा–दिदीलाई सम्झेको छ भन्दिनु । ओके बाई ।