दुवै सिटमा गान्धीको अग्रता, नरेन्द्र मोदी पछाडि

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १०:५० मा प्रकाशित

काठमाण्डु, २२ जेठ– छिमेकी देश भारतको लोकसभा चुनावको मतगणना जारी छ। कंग्रेस आईका नेता राहुल गान्धी यसपालि पनि केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा उम्मेदवार रहेका छन ।

प्रारम्भिक चरणमा यी दुवै स्थानमा गान्धीले अग्रता लिन सफल भएका छन । यता प्रधानमन्त्री समेत रहेका नरेन्द्र मोदी वाराणसीमा पछि परेका छन्। मोदी ९ बजे कंग्रेसका अजय राईसँग १० हजार भोटले पछि परेका थिए ।

९ बजेर ३९ मिनेटमा ४ हजार मतले पछि परेका थिए। पछिल्लो अपडेट अनुसार उनी १ हजार ६ सय मतले पछि परेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us