राष्ट्रपति पौडेलको नाममा पोखरामा अनेरास्ववियुकाे १ रूपैयाँ संकलन अभियान सुरु

काठमाण्डु टुडे २०८० असार २० गते १८:०० मा प्रकाशित

काठमाण्डु ,२० असार- राष्टपति रामचन्द्र पौडेलको नाम अनेरास्ववियु र युवा संघले एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् ।

दुई संगठनका प्रदेश कमिटीले बुधबार गण्डकी प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका हुन। गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।

पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी प्रदेश सह संयोजक सुशन घिमिरेले जानकारी दिए ।

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि राष्टपति पौडेलको आलोचना भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us