निर्माण व्यवसायी शरद गौचनको हत्यामा समिरमान र अमरबहादुरलाई जन्मकैद

काठमाण्डु टुडे २०८० असार २० गते १७:४३ मा प्रकाशित

काठमाण्डु,२० असार-नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जिल्ला अदालत काठमाण्डुले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्न्यातसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ ।

हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ । त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको काठमाण्डु जील्ला अदालत स्रोतले जानकारी दियो।

गौचनको २३ असोज २०७४ मा काठमाण्डुको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो । गोली प्रहार भएलगत्तै अस्पताल पुर्याडइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।दोषी ठहर भएको समूहमाथि चन्दा असुली र फिरौतीमा संलग्न भएको आरोप थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us