प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै एमालेले गर्‍यो प्रतिनिधि सभा अवरोध

काठमाण्डु टुडे २०८० असार २० गते १६:२७ मा प्रकाशित

काठमाण्डु,२० असार- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ।

धबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा माग गरेका हुन्।

सांसद पन्तले भने प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो बैठक अघि बढ्न सक्दैन,’, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वाभिमानमाथि आघात भएको छ।

यो दुर्भाग्यको दिन किन देख्नुपर्योररु’ प्रमुख प्रतिपक्षी दल एमालेसहित विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us