
काठमाण्डु ,२० असार- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सम्बद्ध सबै पार्टी एउटै केन्द्रमा आउन लागेको बताएका छन् ।
बुधवार कीर्तिपुरमा स्ववियू काउन्सिलको तेस्रो भेलालाई उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन। । कार्यक्रमा बोल्दै उलनले भने ‘ हेर्र्दै जानुहोला केही समयभित्र सबै माओवादीहरु एउटै केन्द्रमा आउने छन् ।
सबै संगठनहरु एउटै केन्द्रमा बन्ने छन्’ हामी पहिलाभन्दा अझ परिपक्क भएर एकता र धुर्वीकरण हुनेछौं ।’ हिजो प्रतिक्रियावादीहरुको घेरा हाल्ने, भ्रम छर्ने र सखाप गर्ने रणनीतिबाट आफुहरुले सिकेको पनि प्रचण्डले बताए । ‘हिजो प्रतिक्रियावादीहरुले घेरा हाल्ने, भ्रम छर्ने र सखाप पार्ने हुन्थ्यो । हाम्रा सिङ, दाह्रा छन् ।
उनीहरु अपराधी हुन् भनेर यति धेरै गरिन्थ्यो । हामीलाई सखाप पार्ने अभियान थियो’ प्रचण्डले भने, ‘हामी घेरा तोड्ने, भ्रम छर्नेहरुको प्रतिवाद गर्ने र प्रतिरोध गर्ने हुन्थ्यो ।
त्यो रणनीतिले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो । अहिले पनि सामान्त, जाली फटाहहरुको त्यहीँ नीति छ ।’ माओवादीविरुद्ध षड्यन्त्र गर्नेलाई शान्तिपूर्ण रुपमा घेरा तोड्ने, भ्रम चिर्ने र प्रतिवाद गर्नुपर्ने प्रचण्डले बताए ।