
एजेन्सी- अधिकांश सामाजिक सञ्जाललाई आफ्नो स्वामित्वमा ल्याइसकेको मेटाले ट्विटरजस्तै माइक्रो ब्लगिङ साइट लञ्च गर्ने भएको छ।
सामाजिक सञ्जाल फेसबुकको प्यारेन्ट कम्पनी मेटाले इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्व समेत खरिद गरिसकेको छ । अब ट्वीटर जस्तै माइक्रोब्लगिङ सञ्जाल समेत ल्याउने तयारी मेटाले गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलाइरहेको मेटाले आउने बिहीबार थ्रेड्स नामक एप लञ्च गर्न लागेको छ।ट्विटरका मालिक एलन मस्कले दैनिक हेर्न पाउने ट्विटको संख्या तोकेर धेरै प्रयोगकर्ताले विकल्प खोजिरहेका बेला मेटाले ट्विटरजस्तै नयाँ एप ल्याउन लागेको हो।
थ्रेड्स प्रयोगकर्ताको इन्स्टाग्राम खातासँग लिंक हुनेछ। इन्स्टाग्रामको खाताबाट थ्रेड्समा लगइन गर्न र इन्स्टाग्राम फलो गरेका मानिसहरूलाई थ्रेड्समा पनि फलो गर्न सकिने बताइएको छ।