बनाउँदै गरेको धन्सार भत्किएर एक जानाको मृत्यु

काठमाण्डु टुडे २०८० असार १९ गते १४:३५ मा प्रकाशित

काठमाण्डु ,१९ असार- गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर एक जानाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

मृत्युहुनेमा गण्डकी गाउँपालिका–४,की ४१ वर्षीया मीना बराम रहेकी छन। उनको धन्सार भत्किएर पुरिँदा घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् ।

घाइते रामकृष्णको अवस्था गम्भीर भएकाले उनलार्ए थप उपचारका लागि काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us