काठमाण्डुको हनुमानढोका परिसरमा सवारीसाधन निषेध

काठमाण्डु टुडे २०८० असार १९ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, १९ असार- काठमाण्डु महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ।

सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो।महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए ।

विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’ उनले भने, ‘अनुभव गर्न र रमाउन लाखौं पर्यटक आउन सक्छन्।

’वसन्तपुर क्षेत्रमा दैनिक हजारौं पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जाल मार्फत भविष्यमा लाखौं पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us