
काठमाण्डु, १९ असार- ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा परेको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश भट्टराई र फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो। हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।
यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी भएको थियो । अहिलेसम्म केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा ९ जनालाई पक्राउ गरिसकेको छ।