गुडिरहेको ट्रकमा करेन्ट लागेपछि…

काठमाण्डु टुडे २०८० असार १९ गते ९:३१ मा प्रकाशित

सर्लाही, १९ असार– गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ मा गुडिरहेको ना४ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छोएर करेन्ट लागेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका–२ का २४ वर्षीय सञ्जय मुखिया छन् ।

मृतक सोही ट्रकमा लोड अनलोडको काम गर्ने मदजुर रहेको बताइएको छ । शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
ट्रक चालक बारा निजगढका ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us