तमोर नदीले खतराको तह पार गर्यो

काठमाण्डु टुडे २०८० असार ३ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ३ असार- तमोर नदीले धनकुटामो मूल घाटमा खतराको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको जानकारी दिएको छ। क्हाशाखाले नदीले खतराको तह पार गरेको कारण तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ।

गएराती बाढीपहिरोका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us