
काठमाण्डु, ३ असार- कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा बर्दियाको बबइमा दुर्घटनामा परेको हो ।
प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको थीयो । दुर्घटनामा गाडीको अगाडिको भागमा क्षति भएको तरआफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए ।
प्रजिअ कट्टेल अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।