उचीत मूल्य नपाएपछि कालीमाटीको सडकमा फालियो गोलभेँडा

काठमाण्डु टुडे २०८० असार ३ गते ११:३२ मा प्रकाशित

काठमाण्डु ,३ असार- उचीत मुल्य नपाएको भन्दै कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।

काठमाण्डु ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्। आज गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै गोलभेँडा फालेका हुन।

उनीहरुले एक क्रेटमा सय रूपैयाँ पनि नपाउने आधा भन्दा बढी बिचौलियाले खाने गरेकाले आफुहरु मा।मा परे,को बताएका छन । साथै कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा पर्ने गरेको उनीहरुले बताएका छन।

सरकारले किसानलाई उचीत मुल्य नदीए माइतीघर र सिंहदरबारअगाडि गोलभेँडा फाल्लेर वीरोध गरेने उनीहरुले चेतावनी दिएका छन।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us