बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री प्रचण्डबाट दुःख व्यक्त

काठमाण्डु टुडे २०८० असार ३ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, ३ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् यस्त प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा आग्रह गरेका छन।

बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको छ ।ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us