पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

काठमाण्डु टुडे २०८० असार २ गते १७:२८ मा प्रकाशित

पाल्पा,२ असार– पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियार रहेकान छन ।

शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरूसँग पौडी खेल्ने क्रममा ती किशोर अचानक डुबेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन ।

प्रहरी चौकी दोभानले अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो ।अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us