
काठमाण्डु,२ असार– पूर्वप्रधानमन्त्री एवं नेपाल सामाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् ।
आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन । भट्टराईले लेखेका छन् ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत !’
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।\
शनिबार भएको भेटमा रेशमले भट्टराईसँग आफू पार्टी निर्माणको क्रममा देशदौडाहा गरिरहेको बताएका थिए ।