
काठमाण्डु ,१४ जेठ- मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानी प्रदर्शन गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै समाजले राजधानीमा प्रदर्शन गरेको हो ।
लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित भएको प्रदर्शनका क्रममा प्रहरीले सिंहदरबार दक्षिण ढोका अगाडिबाट ७ जना सत्र जना प्रदशनकारीलाई नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा आन्दोलन गर्दा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ।