
काठमाण्डु ,१२ जेठ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडी चढ्ने भन्दा नचढ्ने मान्छे ठूलो रहेको बताएका छन्।
आज स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन्।उनले भने तपाईं पालिका प्रमुख हुनुहुन्छ।
गाडीमा चढ्नुहुन्छ। तर, जो भेटेपनि नमस्कार गर्नुहोस्। नमस्कार पनि अरुलाई पर्खिनुपर्छरु नमस्कार गरेपछि मात्रै फर्काउनेरु जसलाई पनि भेट्नेवित्तिकै नमस्कार गर्नुहोस्। गाडी चढ्ने भन्दा गाडी नचढ्ने मान्छे ठूलो हो।
त्यसको भोटले त्यस ठाउँमा पुर्यारएको हो। त्यो तपाईंको गाडीदाता हो, अन्नदाता हो, मानदाता र ओहदा दाता हो।
नमस्कार गर्दैमा मानमर्यादा र ओहदा नघट्नेउनले बताए। उनले भने बिहान तौलिएर जानुहोस्। दिनभरी त्यसरी नमस्कार गर्नुहोस्। बेलुका फर्केर तौलिनुहोस्, ग्यारेन्टीका साथ भन्छु तौल घटेको हुँदैन।