नीति तथा कार्यक्रम पुनर्लेखन गर्न सरकार हिच्किचाउनु हुँदैन : राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०८० जेठ ८ गते १४:०० मा प्रकाशित

काठमाण्डु, ८ जेठ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङ्देनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु हिच्किचाउन नहुने बताएका हुन।

सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउन सुझाव दिँदै उनले सरकारले विनाअध्ययन कार्यक्रम समावेश गरिएको समेत बताउ बताए । उनले विद्युत् प्राधिकरणको सेयर निष्कासन गर्न सुझाव दिँदै बुढीगण्डकी, दुधकोशी र तमोरजस्ता आयोजनामा नेपालकै पैसा लगानी गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us