
काठमाण्डु, ५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले रुस युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताएका छन । आज शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन ।
उनले रुस युक्रेन युद्धकासँग विविध काराणले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप उत्पन्न हुनुका साथै आपूर्ति श्रृंखला समेत प्रभावित भएको बताएका छन ।
उनले अर्थतन्त्रको बाह्य क्षेत्र र उद्योगको अवस्था सुधार गर्दै लगानीको अवस्था समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन ।
उनले चूनौतीपूर्ण अवस्थालाई समाधान गर्दै आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्ने गरी योजना अघि बढाउन आवश्यक रहेको समेत बताएका छन ।