अस्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी, एक जना पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख १७ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख -अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर ४ घर भई हाल काठमाण्डु बस्दै आएका २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् । रेग्मी लाई आइतबार काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

रेग्मीले अमृता गुरुङलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै पटकपटक गरी ३० लाख लिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि रेग्मीलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us