
झापा,१६ वैशाख– झापामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बो रहेका छन । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरीएको प्रहरीले जानएको छ ।
नाल्बोले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको पनि प्रहरीले बताएको छ ।