वर्षाको कारण नेपाल र कुवेतबीचको खेल फेरि पनि रोकियो

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १६:०७ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण फेरि पनि रोकिएको छ ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल रेकिएको हो । खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाउन सफल भएको थियो ।

नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका थिए । यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो ।

त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us