बुवाले गरे आफ्नै छोराको हत्या

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १४:२६ मा प्रकाशित

कैलाली,१६ वैशाख– कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन । धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका प्रहरीले जानकारी दिएका ।

अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले बताएको छ ।

खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्रबहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागी प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । महेशलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us